७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

खबर सम्बाददाता १२ बैशाख २०७९, सोमबार
कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

कञ्चनपुरमा सत्ता गठबन्धन भत्किएको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबन्डामा सहमति नजुटेपछि कञ्चनपुरमा सत्ता गठबन्धन भत्किएको हो।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय रमेश लेखक र एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ।

गठबन्धनमा सहमति नजुटेपछि कांग्रेसलाई छाडेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका अध्यक्ष जीवनराज थापाले बताए।

‘लगातारको छलफलपछि पनि सहमति जुट्न नसकेको हो ।

९ स्थानीय तहमध्ये ५ स्थानीय प्रमुख माओवादी केन्द्र र ४ स्थानीय तह प्रमुख समाजवादीको भागमा परेको छ।

माओवादी केन्द्रले कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा प्रमुख पाएको छ।

बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र पुनर्वास नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले पाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin