७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभाबाट, आइपीओ निष्काशन प्रस्ताव पारित

खबर सम्बाददाता १४ बैशाख २०७९, बुधबार
आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभाबाट, आइपीओ निष्काशन प्रस्ताव पारित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो ।

उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै अन्य कुनै लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने वा मर्जरमा जाने सम्बन्धि आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसबाहेक सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीयमाथि छलफल गरी पारित गरेको छ ।

उक्त सभामा संचालक समितिको बैठक भत्ता तथा सुविधाका सम्बन्धमा छलफल र संचालक समितिको निर्वाचन समेत गरिएको थियो । त्यस्तै, आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin