कञ्चनपुरको लालझाडी गाउँपालिकामा माओवादी केन्द्रले वडामा खाता खोलेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार लालझाडी गाउँपालिका ४ मा माओवादीको प्यानलै निर्वाचित भएको हाे ।
माओवादी केन्द्र बाट बहादुर राना निर्वाचित भएका छन । बहादुर रानाले ५ सय ९० मत ल्याई नेकपा एमालेका ओम प्रकाश राना लाई १ सय १० मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन । काँग्रेसका लछमन रानाले ४ सय २७ मत र स्वतन्त्र उम्मेदवार सोमबिर चौधरीले पनि ४ सय २७ मत पाएका थिए । लालझाडी गाउँपालिका ४ मा २ हजार ४ सय ८६ मत खसेका थिए । बदर मत ७३ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बहादुर राना दाेहरिएका छन । यस अघि २०७४ सालकाे निर्वाचनमा पनि जितेका थिए ।