७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी फराकिलो मतान्तरले अगाडि

खबर सम्बाददाता १ जेष्ठ २०७९, आईतवार
रेशम चौधरीको  नागरिक उन्मुक्ति पार्टी फराकिलो मतान्तरले अगाडि

 पछिल्लो मतपरिणाम अनुसार कैलालीका २ पालिकामा रेशम चौधरीको अगुवाइमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता फराकिलो पार्दै गएको छ ।
जिल्लाको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा आफ्नो अग्रता कायमै राखेको छ ।
 

आइतवार बिहान ७ बजेसम्मको मतगणना अनुसार जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरी ४९७ मतका साथ अग्रस्थानमा छन् । उनलाई राप्रपाका उम्मेदवार भीमबहादुर बम पछ्याइरहेका छन् । बमले ४७९ मत प्राप्त गरेका छन् ।३०३ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक तेस्रो स्थानमा छन् । 

टीकापुर नगरपालिकामा पनि हालसम्म नागरिक उन्मुक्ति पार्टीले नै अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर ५ मा पार्टीका वडाध्यक्षका उम्मेदवार वलवीर थारु आफ्नो पूरै प्यानलसहित विजय भएका छन् ।

वडामा मेयर पदका उम्मेदवार रामलाल डंगौराथारुले १ हजार ६२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५०८ मतका साथ पछ्याएका थिए ।हाल टीकापुरको वडा नम्बर ३ को मतगणना जारी छ । सो वडामा पनि ४२८ मतका साथ रामलाल डंगौराले नै अग्रता लिएका छन् ।

जिल्लाको भजनी नगरपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी दोस्रो स्थानमा छ । ती पालिकामा नागरिक उन्मुक्तिले नेकपा एमालेलाई पछ्याइरहेको छ । 

जानकीमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवारले १५५ मत प्राप्त गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले १४२ मतका साथ पछ्याइरहेका छन् । भजनी नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवारले ७५७ मत प्राप्त गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले ६५१ मत मात्रै प्राप्त गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin