७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कैलालीको १३ पालिकामा कहाँ कुन पार्टीको अग्रता ?

खबर सम्बाददाता १ जेष्ठ २०७९, आईतवार
कैलालीको १३ पालिकामा  कहाँ कुन पार्टीको अग्रता ?

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखि नै अग्रता कायमै राखेका छन् । हमालले १३ सय ८६ मत पाएका छन् ।

२९ सय ५३ मत गणना हुँदा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार नृपबहादुर वडले  ८ सय ०७ मत ल्याएका छन् । यस्तै, एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय ४३ मत प्राप्त गरेका छन् । 

जिल्लाको कैलारी गाउँपालिकामा कांग्रेसका उम्मेदवार राजसमझ चौधरी अगाडि छन् । उनी १ हजार २५४ मतका साथ अग्रस्थानमा रहेका हुन् । चौधरीलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका होमबहादुर गुरुङले १ हजार ११५ मत ल्याएका छन् ।


जिल्लाको गोदावरी नगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले २ हजार १४० र एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन् । 

गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल ५१५ मतका साथ अग्रस्थानमा छन् । कँडेललाई पछ्याइरहेका एमालेका पदमसिंह सिङालले ३२३ मत ल्याएका छन् । 

घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका खडकबहादुर रावत १ हजार ७०२ मतका साथ शीर्ष स्थानमा छन् । एमालेका ममताप्रसाद चौधरीले १ हजार २०५ मतका साथ रावतलाई पछ्याइरहेका छन् ।

चुरे गाउँपालिकामा एकीकृत समाजवादीका लोकबहादुर सारु १ हजार ३५६ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका चक्रबहादुर बोगटीले १ हजार १७१ मत ल्याएका छन् । जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार परशुराम महता अग्रस्थानमा छन् ।

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरी अग्रस्थानमा छन् । चौधरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले पछ्याइरहेका छन् । टीकापुर नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी उम्मेदवार रामलाल डगौरा थारू १ हजार ४९० मतका साथ अग्रस्थानमा छन् । 

उनलाई पछ्याइरहेका कांग्रेसका नवराज रावलले ७ सय ८१ मत ल्याएका छन् । बर्दगोरिया गाउँपालिकामा एमालेका उम्मेदवार कर्णबहादुर कुँवर अग्रस्थानमा छन् । उनलाई कांग्रेसका शेरबहादुर कठरियाले पछ्याइरहेका छन् । 

भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरी ३४४ मतका शीर्ष स्थानमा छन् । उनलाई एमालेका हर्कबहादुर बुढाले ३११ मत ल्याएर पछ्याइरहेका छन । लम्कीचुहा नगरपालिकामा कांग्रेसका उम्मेदवार सुशीला शाही ७२१ मतका साथ अग्रस्थानमा छिन् । उनलाई पछ्याइरहेका एमालेका महादेव बजगाईँले ५२१ मत ल्याएका छन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin