७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लालझाडी गाउँपालिका अध्यक्षमा निर्मल राना

खबर सम्बाददाता २ जेष्ठ २०७९, सोमबार
लालझाडी गाउँपालिका अध्यक्षमा निर्मल राना

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् ।
५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी माओवादीका मदनसेन बडायकले २ हजार १९५ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ३१ मत ल्याएका छन् । ६ वडा रहेको लालझाडीमा अहिले वडा नम्बर १ को मत गणना जारी रहेको छ । १ हजा ९७९ मत गन्दा पालिका अध्यक्षमा एमालेका रानाले ८ सय ४६ मत प्राप्त गरेका छन् । माओवादीका बडायकले ५ सय ४३ र कांग्रेसका श्रीकृष्णले ३ सय ५९ मत ल्याएका छन् ।


वडा नम्बर १ मा २ हजा ३ सय ९४ मत खसेको थियो । यहाँ अब ४ सय १५ मत मात्रै गन्न बाँकी छ । तर पालिका अध्यक्षमा एमालेका रानाको माओवादीका बडायकसंग १ हजार ६२१ को अन्तराल छ ।

निर्वाचन कार्यालय अधिकृतको कार्यालयले केही बेरमा पूर्ण मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin