९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदबारले ३ मतले बिजयी

खबर सम्बाददाता २ जेष्ठ २०७९, सोमबार
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदबारले ३ मतले बिजयी

कैलालीको घोडाघोडी नगरपालिका– ११को वडा अध्यक्ष दानसिह जोगी हार्ने सोच बनाएर घर फर्केका ३ मतले बिजयी भएका छन् ।

तिब्र प्रतिशपर्धामा रहेका जोगी आफु जित्न महोल नभएपछि हार स्वीकार्दै घर गएका थिए । पछि फेसबुकबाट बिजयी भएको सुचना पाएपछि उनी पुन मतगणना स्थल गएका थिए । उनी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका थिए ।

मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा काङ्ग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।

मतगणना सकिँदासम्म काङ्ग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता काङ्ग्रेसका नेता कार्यकर्ताहरु विजय उत्सब मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेब जोशीले बताए ।

उता पराजित भएको भन्दै घर पुगेका जोगिले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म त हारेको भन्दै घर गएको थिएँ । जितेको कुरा फेसबुकबाट थाहा पाएँ’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर आएँ ।’निर्वाचन समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin