कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मत गणना रोकिएको छ। वडा नम्बर ९ मा खसेको भन्दा डेढसय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।
गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले जानकारी दिए। ‘खसेको भन्दा १५० मत बढी देखियो, प्राविधिक समस्या भएको होला,’ उनले भने, ‘फेरी रुजु गरिरहेका छौं।’ सबै राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरि रुजु गर्ने कार्य भइरहेको उनले जानकारी दिए।