९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राना

खबर सम्बाददाता २ जेष्ठ २०७९, सोमबार
बेलडाँडी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राना

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हरिश चन्द्र राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८ सय २ मत अन्तरले पराजित गर्दै काँग्रेसका हरिश चन्द्र राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टले २ हजार ३ सय १, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले १ हजार ७ सय ६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले ३ हजार ६ सय ७३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा एमालेका फुलदेवी रानाले ३ हजार २ सय २७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९ सय ७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin