कञ्चनपुरको पुनर्वाससहित आठ स्थानीय तहमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । कञ्चनपुरको कञ्चनपुरस्थीत पुनर्वास नगरपालिका–१० मा पुनः मतदान गरिएको हो।
वडा नं १० स्थित विजय माध्यमिक विद्यालयको मतदान स्थलमा नेकपा माओवादी केन्द्रका नेताहरुले फर्जी मतदातालाई मतदान गर्न लगाएपछि मतदान स्थगित गरिएको थियो। आज भएको निर्वाचनमा २ हजार २ सय ३८ मतदाताले मतदान गरेको निर्वाचन अधिकृत किरण जोशीले बताइन्। ‘शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले भनिन्। पुनर्वासको मत गणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको र सबै दलका प्रतिनिधिहरुसँग छलफल गरि नगरपालिकाको भवनमा छिट्टै मतगणना सुरु गर्छौं, उनले भनिन्।’