७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कैलालीको गोदावरीमा कांग्रेसका वीरेन्द्र विजयी

खबर सम्बाददाता ४ जेष्ठ २०७९, बुधबार
कैलालीको गोदावरीमा कांग्रेसका वीरेन्द्र विजयी

 कैलालीको गोदावरी नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार वीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको नगरमा वीरेन्द्रले नेकपा (एमाल)का सचिव समेत रहेका लेखराज भट्टका भाइ गोकर्ण भट्टलाई पराजित गरेका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट चुनाव लडेका वीरेन्द्र १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गोकर्णले ११ हजार २२४ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया १० हजार ६७० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एकीकृत समाजवादी०की रत्ना कडायतले नौ हजार ९८३ मत ल्याइन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin