७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

केही महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी टीकापुरमा विजयी

खबर सम्बाददाता ५ जेष्ठ २०७९, बिहीबार
केही महिना अगाडि मात्रै  दर्ता भएको  नागरिक उन्मुक्ति पार्टी टीकापुरमा विजयी

 कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उनी प्रमुखमा विजयी भएका हुन । 

मेयरमा निर्वाचित थारु आबद्ध पार्टीलार्ई रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरिरहेकी छन । केही महिना अगाडिमात्रै यो पार्टी दर्ता भएको थियो ।

उपमेयरमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा (माओवादी केन्द्र) का खडकबहादुर शाह विजयी भएका छन् । 

वडा अध्यक्षमा माओवादी केन्द्रले चार, नेपाली काङ्ग्रेस र नागरिक उन्मुक्ति पार्टीले तीन÷तीन वटा जितेका छन् । एक वटा वडा नेकपा (एमाले) ले जितेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin