९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

गौरीगंगा नगरपालिका ६ मा काँग्रेस प्यानल विजयी

खबर सम्बाददाता ५ जेष्ठ २०७९, बिहीबार
गौरीगंगा नगरपालिका ६ मा काँग्रेस प्यानल  विजयी

कैलालीको गौरीगंगा नगरपालिका ६ मा नेपाली काँग्रेसका टेकबहादुर कुँवर तेब्बर मतले वडा अध्यक्षमा प्यानलसहित विजयी भएका छन्।

कुँवरले १२६८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर शाहीले ४६६ मत प्राप्त मात्रै प्राप्त गरे।

त्स्तै माओवादी केन्द्रका सन्तोष आउजीले ३६७ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका महेश जोशीले ६५ मत पाए। स्वतन्त्रका उम्मेदवार पुरन सिंह कडायतले ५७ मत पाए। 

महिला सदस्यमा काँग्रेसकी गीता चौधरी ११३९ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी माया कठायतले ५६२, माओवादीकी प्रदेशनी चौधरीले ३३६ पाइन्। दलित महिला सदस्यमा काँग्रेस बाटुदेवी विक ११६१ मतले विजयी भइन्। एमालेकी बिन्द्रा सुनारले ४९५, माओवादी र समाजवादी गठबन्धनकी मन्सरा भुलले २१६ मतप्राप्त गरिन्।

खुल्ला सदस्यमा काँग्रेसका टेकबहादुर बोगटीले १०२० मत ल्याउँदा एमालेका कृष्ण खडकाले ५६८, माओवादी र समाजवादीका भानबहादुर साउँदले २२२ मत प्राप्त गरे। सदस्यमै काँग्रेसका सियाराम चौधरीले ११३४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी एमालेका तुलसीराम चौधरी ४३१ र नेकपा माओवादीका धर्मराज जोशीले १५८ मत प्राप्त गरे।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin