१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

को हुन् धनगढीका मेयर गाेपाल हमाल ?

खबर सम्बाददाता १० जेष्ठ २०७९, मंगलवार
को हुन् धनगढीका मेयर गाेपाल हमाल ?

२०२० साल जेठ १६ गते कैलालीको तत्कालिन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका हमाल कृष्णप्रसाद र झरेन्द्रदेवीका माइला छोरा हुन्। उनले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे। उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे।

भारत्तोलनका राष्ट्रिय खेलाडी रहेका हमाल खेलकुदका विभिन्न संस्थामा पनि लामोसमय आवद्व रहे। युवा उमेरदेखि नै हमालले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरे। ०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए।

हक्की स्वभावका हमाललाई विकासप्रतिको चाहना र विगतका केही सामाजिक कामकै कारण यो स्थानसम्म ल्याएको हो। 
त्यसयता उनले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए। उक्त अभियानमार्फत हमालको नेतृत्वमा सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास भएको थियो। त्यसअघि सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडी प्रथा छ, सामाजिक कूरीति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुराको बढी प्रचार हुन्थ्यो।

त्यसलाई चिर्न सुन्दर सुदूरपश्चिम अभियान चलाइएको थियो। सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिर देशब्यापी रूपमा प्रदर्शनीमा लगिएपछि उक्त अभियान चर्चामा आएको थियो। त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार)का रूपमा पनि लिइन्छ।

हमालले एकपैसे अभियानमार्फत् धनगढी विमानस्थल कालोपत्रे गर्ने योजना अघि सारेका थिए। उनको अभियानमा धनगढीका सबैखालका व्यक्तिले साथ दिएका थिए। हमालले सुदूरपश्चिम यातायात प्रालिको सिन्डिकेट तोड्न दिनेश ट्राभल्स सञ्चालन गरेर ठूलो संख्यामा महिला र पुरुषलाई रोजगारी दिएका थिए।


डेढ दशकअगाडि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा संघले सर्वोत्कृष्ट शाखाको पुरस्कार पायो। उनकै नेतृत्वमा सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई यहाँका समस्या सम्झाउन लागि मागका बुँदा बराबर तौल भएको माला लगाउने अभियान सुरु गरियो।

धनगढीमा महोत्सवको सुरुवात गरेर २१ बुँदे मागसहित २१ किलोको माला शेरबहादुर देउवाले त्यही अभियानअन्तर्गत पाएका थिए।

विगतमा गरेका कामको मूल्यांकन देखेर धनगढीवासीले उपमहानगरपालिकाको समग्र विकासका लागि एक भोट गोपी दाइलाई भनेर खुलेआम मत जाहेर गरेका थिए। हमालकै नेतृत्वमा २०४२ सालमा धनगढीका युवाले ‘ब्लड बैंक’ स्थापनाका लागि अभियान चलाएका थिए।

हमालले धनगढी उपमहानगरमा कपडा बैंक र निशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका छन्। दिनेश गु्रपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन्।

हमालले व्यवसाय भने टिनको वाकस बनाउन सुरु गरेर थालेका थिए। मेयरमा निर्वाचित भएका उनले उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई धनगढी मोडेल स्थापित गर्ने घोषणा गरिसकेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin