१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

कस्ताे बन्ने भाे त कैलाली जिल्ला समन्वय समिति ? ( मतभार सहित )

खबर सम्बाददाता १० जेष्ठ २०७९, मंगलवार
कस्ताे बन्ने भाे त  कैलाली जिल्ला समन्वय समिति ?    ( मतभार सहित )

 कैलालीमा १३ वटा स्थानीय तह रहेका छन् । १३ अोटै स्थानीय तहमा निर्वाचनको नतिजा आएसँगै कैलालीमा अब जिल्ला समन्वय समिति गठनतिर राजनीतिक दलकाे ध्यान गएकाे छ । जिल्लामा रहेका स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ। त्यसैले कैलाली जिल्लाका हकमा जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हुन्छ ।

२०७९ बैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनकाे मत पिरणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ । कांग्रेसको मतभार ८ रहेको छ । त्यस्तैगरी एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ । एमालेकाे कूल मतभार ५ रहेको छ ।

नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टिकापुर नगरपालिका उपप्रमुख, बर्दगोरीया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ । उसको मतभार ४ छ। नेकपा एकीकृत समाजवादीले भने घोडाघोडी नगरपालिकाको प्रमुखमात्रै जितेको छ । उसको मतभार १ रहेको छ ।

त्यस्तै ४ महिनाअघि दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, टिकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुख उपप्रमुख जितेको छ । उसको मतभार ७ रहेको छ र धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ ।

यसरी हेर्दा जिल्लामा एक्लै समन्वय समिति गठन गर्ने गरी कुनै पनि पार्टीले स्थानीय तह जितेको छैन । गठबन्धन दलले सहमति गरे पनि कैलालीमा समन्वय समिति बनाउने स्थिति देखिएको छैन । सोही कारण स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरुले समन्वय समिति बनाउन सक्नेछन् । एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन । यहाँ सबै दलले सहमति गरेर मात्रै समिति बनाउन सक्ने देखिएको छ । समितिमा ३ जना महिला सदस्य, दलित र अल्पसङख्यक मध्ये १ सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin