३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

रानाथारु समुदायका किसानहरु पानी माग्दै खेल्दै “गोगा गोगी”(भिडियो सहित)

खबर सम्बाददाता ११ असार २०७९, शनिबार
रानाथारु समुदायका किसानहरु पानी माग्दै खेल्दै “गोगा गोगी”(भिडियो सहित)

सुरज राना/धनगढी

सुदुरपश्चिम प्रदेशको दुई जिल्ला कैलाली र कंचनपुरमा रानाथारु समुदायको बसोबास छ । रानाथारु समुदायले आफ्नो दैनिकी जीवन चलाउनको लागि मुख्य पेशा कृषी गर्दै आइरहेका छन ।

अहिले असार को ११ दिन बितिसक्दा पनि पानी परेको छैन । पानी बिना धान कसरी रोप्ने भन्ने रानाथारु समुदाय र अन्य समुदायका ब्यक्तिहरु पनि चिन्तित छन ।

यदि पानी पर्दैन भने रानाथारु समुदायका ब्यक्तिहरु नाङ्गो भएर आगनमा “गोगा गोगी ” खेल्ने चलन छ । “गोगा गोगी” खेल्दा माथीबाट पानी हल्दै रमाइलो गर्दै पानी माग्ने गर्छन । “गोगा गोगी” खेल्दा पानी पर्छ भन्ने रानाथारु समुदायका मानिसहरू विश्वास छ ।
“गोगा गोगी” खेल्दा
गोगा गोगी पानी ला कि धानी ला लालक टौटी पिपर धोती सबाकि रोटि दुई भुरिया बरसंगे बार्शामगे घर घर दुन्ध मचामंगे गोगा गोगी
यसरी जोड जोडले आगनमा भन्दै खेलदै गर्छन ।

मिति २०७९ असार १० गते राती कंचनपुरको यो भिडियो:

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin