२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पुनर्वास नगरपालिकाले ल्यायो ७७ करोड २४ लाखको बजेट

खबर सम्बाददाता ११ असार २०७९, शनिबार
पुनर्वास नगरपालिकाले ल्यायो ७७ करोड २४ लाखको बजेट

कञ्चनपुरको पुनर्वास नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ७७ करोड २४ लाख ४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न एघारौँ नगर सभामा नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।
नगरपालिकाले बजेटको स्रोत अन्तर्गत आन्तरिक श्रोत ३ करोड ५० लाख सङ्घीय सरकार वित्तीय समानिकरणबाट १६ करोड ९५ लाख , प्रदेश सरकार वित्तीय समानिकरण १२ करोड ४१ लाख ६ हजार नेपाल सरकार सशर्त अनुदान चालु २४ करोड ३६ लाख, नेपाल सरकार सशर्त अनुदान पुँजिगत २ करोड ७७ लाख, राजश्व बाँडफाँड (सङ्घ) १२ करोड ५७ लाख ६३हजार, सङ्घीय सरकार विशेष अनुदान १ करोड ३० लाख सङ्घीय सरकार समपूरक अनुदान ८० लाख प्रदेश सरकार समपूरक १ करोड ३५ लाख ४ हजार, प्रदेश सरकार विशेष ७० लाख, सवारी साधन कर बाँडफाँड (प्रदेश) १ करोड ७ लाख १ हजार स्थानीय राजश्व बाँडफाँड १ करोड, अनुमानित अल्या भएर आउने रकम १०करोड प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै गरी नेपाल सरकारको आगामी आर्थिक वर्षको विनियोजन ऐन र आर्थिक ऐनको कानुनी व्यवस्था अनुरूप निम्न शीर्षकमा प्राप्त हुने रकमहरू जुन स्थानीय सरकारको विनियोजन ऐन र आर्थिक ऐनमा राख्नु नपर्ने साथै रातो किताबमा समेत देखाउनु नपर्ने तपसिल अनुसारका शीर्षकमा सामाजिक सुरक्षा अनुमानित रकम रु २० करोड, सडक बोर्ड नेपाल अनुमानित रकम रु ५० लाख,तराई मधेस समृद्धि कार्यक्रम अनुमानित रकम रु ३० लाख, प्रदेश पूर्वाधार विकास कार्यक्रम अनुमानित रकम रु १ करोड ५० लाख बजेटको स्रोतको रूपमा रहने जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin