२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

खबर सम्बाददाता ११ असार २०७९, शनिबार
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु आइतबार रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दैछन् । टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।
माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका लक्ष्मण थारुले २०६५ सालको सुरुमै पार्टी परित्याग गरेका थिए ।
त्यसपछि छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले पछि थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए । थरुहट तराई पार्टी नेपालको चुनाव चिन्ह त्यसबेला ढकिया थियो । रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह पनि अहिले ढकिया रहेको छ । गएको स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारलाई भोट मागे पनि लक्ष्मण थारु पार्टी प्रवेश भने गरेका थिएनन् ।
नागरिक उन्मुक्ति पार्टीमा लक्ष्मण थारुको प्रवेशसँगै थरुहट थारुवान राष्ट्रिय मोर्चामा आबद्ध उनका सहकर्मीहरू आउने लर्को लाग्ने आङ्कलन गरिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यवाहक अध्यक्ष श्रवण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि नेपाल लोकतान्त्रिक पार्टीको महामन्त्रीबाट राजीनामा दिइसकेका छन् ।
थरुहट थारुवान राष्ट्रिय मोर्चा लुज फोरम थियो । लक्ष्मण थारु बाहेक यसमा संग्लग्नहरु विभिन्न दलमा आबद्ध थिए । यसको प्रवक्ता रहेका मीनराज चौधरीले काँग्रेसबाट बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्षमा दाबी गरे पनि टिकट पाएनन् । मोर्चाको युवा संगठनको अध्यक्ष रहेका सिताराम चौधरीले बर्दिया राजापुरको वडाध्यक्षमा काँग्रेसबाट दाबी गरे पनि टिकट पाएनन् । स्थानीय चुनावमा आफ्नो वडामा काँग्रेसलाई विजयी गराए पनि सिताराम चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य डा गोपाल दहितलाई पनि पार्टीले स्पष्टीकरण सोधेको छ । दहित थरुहट तराई पार्टी नेपालबाट समानुपातिक सांसद भएका थिए । पार्टीले हायलकायल पारेमा थरुहट तराई पार्टी तथा फोरम लोकतान्त्रिकबाट काँग्रेस प्रवेश गरेको ठूलो समूह नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न सक्ने बताइएको छ ।
विभिन्न समूह, दलमा आबद्ध थारु नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि सहजीकरण गरिरहेका सुरेन्द्र चौधरीका अनुसार आइतबार भृकुटी मण्डपस्थित रिपोर्टस् क्लबमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टीमा प्रवेशको कार्यक्रम राखिएको छ । अर्धभूमिगत जीवन बिताइरहेकाले लक्ष्मण थारु आउने न आउने टुङ्गो भने छैन । आइतबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि करिब ४ दर्जन व्यक्तिको नाम तयार भए पनि मौसमका कारण सबै उपस्थित हुन कठिनाइ रहेको चौधरीले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin