१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

आदिवासी जनजाति चलचित्र महासंघकाे सुदूरपश्चिम प्रदेश अध्यक्षमा संगत चौधरी

खबर सम्बाददाता १२ असार २०७९, आईतवार
आदिवासी जनजाति चलचित्र महासंघकाे सुदूरपश्चिम प्रदेश अध्यक्षमा संगत चौधरी

 

भानु प्रताप राना, १२ असाढ, धनगढी

आदिवासी जनजाति चलचित्र महासंघ सुदूरपश्चि प्रदेश समन्वय परिषदको तदर्थ समितिकाे अध्यक्षमा नायक संगत चौधरी चयन भएका छन् । आदिवासी जनजाति चलचित्र महासंघकाे अायाेजनामा धनगढीमा भएको एक कार्यक्रम बीच नायक संगत चौधरी अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा चन्द्र चौधरी (चाँद), श्रीशा राना र हर्क बहादुर घर्तीमगर रहेको छन् ।

त्यसैगरी महासचिवमा गोविन्द रानाथारु, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा जीवन गुरुङ र सहकोषाध्यक्षमा जानकी चौधरी चयन भएका छन् । महासंघका सदस्यहरुलाई पछि मनोनय गरिने आदिवासी जनजाति चलचित्र महासंघका केन्द्रीय अध्यक्ष अमृत बहादुर सुनवारले जानकारी दिए ।


कार्यक्रमकाे उद््घाटन गर्दै प्रमुख अतिथी तथा सुदूरपश्चिम प्रदेश सदस्य मालामति रानाले अाफू कलाकार रहेकाे सम्झना अाएकाे र कलाकरीता हक अधिकारका निम्ती लागी परेकाे बताइन । कार्यक्रम आदिवासी जनजाति चलचित्र महासंघका केन्द्रीय अध्यक्ष अमृत बहादुर सुनवारको अध्यक्षतामा भएको थियाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin