१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

लक्ष्मण थारू सहित कस कसले गरे नागरिक उन्मुक्ति पार्टी प्रवेश (सूचीसहित)

खबर सम्बाददाता १२ असार २०७९, आईतवार
लक्ष्मण थारू सहित कस कसले गरे नागरिक उन्मुक्ति पार्टी प्रवेश  (सूचीसहित)

कैलाली । नागरिक उन्मुक्ति पार्टी थोरै समयमा देश भरिका पहिचानवादी मुद्धा बोकेका नेता तथा कार्यकर्ताहरुलाई एक थलोमा ल्याउन सफल हुदैछ । आज काठमाडौमा पत्रकार सम्मेलन गरि थरुहट आन्दोलनमा सक्रिय देशभरिका नेताहरु नागरिक उन्मुक्तिमा प्रवेश भएका छन् ।

विभिन्न समूह, दलमा आबद्ध थारु, उत्पीडित वर्गका नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीसंग एकताको लागि सहजीकरण गरिरहेका सुरेन्द्र चौधरी बताए । अर्धभूमिगत जीवन बिताइरहेकाले लक्ष्मण थारु लगायत थरुहट मोर्चामा सक्रिय रहेका ४८ जना नागरिक उन्मुक्तिमा आएका हुन् ।

उनका अनुसार टीकापुर घटना पश्चात यी नेता तथा कार्यकताहरु थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाको नारा बोकेर एकजुट भएका थिए । पार्टी प्रवेश गर्नेमा मोर्चाका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरी, केन्द्रीय सदस्य इन्दू थारु लगायत चार दर्जान नेताहरु एक ठाउँमा आएका छन् ।

पार्टी प्रवेश गर्नेमा थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य गणेश चौधरी (कपिलबस्तु), मोर्चाकै केन्द्रीय सदस्य बासुदेव चौधरी (रुपन्देही), मोर्चाका नवलपरासी जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, नवलपरासीको सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरी पनि रहेका छन् ।

बर्दियाबाट जसपाका पूर्व जिल्ला अध्यक्ष मोहनलाल चौधरी, थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य तथा जसपाका केन्द्रीय परिषद सदस्य रामकुमार चौधरी (बर्दिया), जसपाका केन्द्रीय महिला परिषद सदस्य प्रभा चौधरी (दाङ) पनि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

मिसन अम्बेडकार नेपालका केन्द्रीय अध्यक्ष मनोज लुहार लगायत कैलालीबाट दर्जन बढी व्यक्ति पनि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्, जसमा थारु गाउँका अगुवा भलमन्सा, बरघरहरु पनि छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin