धनगढी उपमहानगरको बजेट बहुमतले पारित भएको छ। नेकपा एमालेको अवरोधकै बिच उपमहानगरपालिको २०७९र८० को बजेट आठौं नगर सभाको तेस्रो बैठकबाट बजेट पारित भएको हो।
धनगढी उपमहानगरपालिकाले आर्थिक विकासतर्फ १४ करोड ४५ लाख ११ हजार, सामाजिक विकास तर्फ ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकास तर्फ ४१ करोड ४१ लाख २७ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७ करोड ६३ लाख ४३ हजार र कार्यालय सञ्चालमा ४४ करोड ८० लाख बजेट विनियोजन गरेको छ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार एक अर्ब ८३ करोड ८९ लाखकोब जेट नगर सभामा पेश भएको हो। नगर सभामा एक अर्ब सात करोड २३ लाख चालु तथा ७८ करोड ६६ लाख को पूँजीगत बजेट नगर सभामा पेश भएको थियो। उक्त बजेट बहुमतले पारित भएको नगर प्रमुख गोपाल हमालले बताएका छन्।
बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि विवाद उत्पन्न भएको थियो। उपमेयर रानाले सभामै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरेको गुनासो गरेकी थिइन्।