कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ को कार्यालयमा ताला बल्दी भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरको ५० प्रतिशत अनुदान वितरण गर्ने क्रममा अनियमितता भएको भन्दै ४ नं. वडाका जनताहरु वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
अनियमितताको विरोधमा स्थानिय जनताले सर्वदलिय प्रेस विज्ञप्ती निकालेका छन । विज्ञप्तीमा लालझाडीमा वितरण हुनुपर्ने उपकरणहरु शुक्लाफाटा नगरपालिकामा वितरण भएकोले स्थानियले पैसाको चलखेल हन सक्ने भनि यसको छानविन तथा दोषी माथि कारबाहीको पनि माग गरेका छन ।

लालझाडी गाउँपालिकामा कृषि ज्ञान केन्द्र महेन्द्रनगरको ५० प्रतिशत अनुदानमा असाढ २४ गते पम्पसेट २३ थान रुटाभेटर ४ थान, कल्टीभेटर १ थान, सिचाई मोटर ४ थान लगायतका सामग्री वितरण भएका थियो ।