९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

लालझाडी गाउँपालिका वडा नं. ४ को कार्यालयमा खुल्यो तालाबल्दी

खबर सम्बाददाता २८ असार २०७९, मंगलवार
लालझाडी गाउँपालिका वडा नं. ४ को कार्यालयमा खुल्यो तालाबल्दी

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ को कार्यालयमा तालाबल्दी खोलिएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरको ५० प्रतिशत अनुदान वितरण गर्ने क्रममा अनियमितता भएको भन्दै ४ नं. वडाका जनताहरु वडा कार्यालयमा तालाबन्दी गरेका थिए । आज वडा अध्यक्ष ,प्रहरी र जनताले छलफल गरेर दोषी माथी छानबिन गरेर कारबाही गर्ने भनेर सम्बन्धित निकायमा निर्णय पेस गर्ने भनेर तालाबन्दी खुलाएको भनेर शंकरपुर ईलाका प्रहरीका सई राम बहादुर बोहराले बताएका छन ।

अनियमितताको विरोधमा स्थानिय जनताले सर्वदलिय प्रेस विज्ञप्ती  निकालेका थिए । लालझाडीमा पाईने बितरण हुनुपर्ने उपकरण शुक्लाफाटामा घुस लिएर बिक्रि गरिएको र यसलाई छानबिनको लागि सम्बन्धित निकायमा पठाउने भनेर निर्णय गरेका छन । बितरण भएको उपकरणलाई पुनः सुचना गरेर बितरण गर्ने भनेर स्थानीय जनताको भनाई छ । अहिले उपकरण वडा न.४ को कार्यालयमा राखेका छन ।

मैले ट्रक्टर नभएको ब्यक्तिलाई रुटावेटर ५०% अनुदानमा बितरण गरेको छु तर मेरो माथी लागाईएको घुसको आरोप भने स्वीकार गरेको छैन । मैले टेक्टर नभएको ब्यक्तिलाई रुटाबेटर अनुदान दिएको गल्ती स्वीकार गरेको छु र दोषी भएपछि सजाय भोग्न तयार छु भनेर कृषि ज्ञान केन्द्र महेन्द्रनगरको ५०% नमुना गाउँ लालझाडीका अध्यक्ष नरेश रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin