कञ्चनपुरको लालझाडी गाउँपालिकामा कार्बन उत्सर्जन सम्बन्धी एक दिने कार्यक्रम भएको छ । सिप्रेड नेपाल कञ्चनपुरको आयोजनामा कार्बन उत्सर्जन लाई न्यूनीकरण गर्न तथा यस बाट वन जंगललाई जोगाएर वातावरण संरक्षण गर्नु पर्ने माग सहति पालिकाको वडा नं. २ मा कार्यक्रम भएको हो ।
सरोकारवाला तथा विज्ञहरूसँग राखेको छलफल कार्यक्रममा कार्बन बाट लाभ गर्न सकिने बताइएको छ । सिप्रेड नेपाल कञ्चनपुरका संयोजक पासाङ सेर्पाले वन व्यवस्थापन गरी कार्बन बेचेर रुपैयाँ कमाउन सकिन्छ बताउनु भयो। कार्बन स्रोत सबैभन्दा सस्तो र सजिलो ‘औजार’ वन व्यवस्थापनलाई मानिन्छ।

लालझाडी गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा पालिका स्तरिय बन समितिका प्रतिनीधि, भलमन्सा तथा वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।