कंचनपुरको लालझाडी गाउँपालिका वडा न. ३ नन्दगाउँमा रानाथारु समुदायको सावनको डोला उद्घाटन भएको छ । एक कार्यक्रमका बीच लालझाडी गाउँपालिका उप प्रमुख सपना चाैधरी रानाले उद्घाटन गरेकी हुन ।
कार्यक्रममा बाेल्दै उप पमुख चाैधरीले समुदायमा रहेका हरेक संस्कृति बचाउनका लागि गाउँपालिका तत्पर रहेकाे बताइन । हामी आफ्नो संस्कृतिलाई सबैले बचाउन तिर लाग्नु पर्ने उनकाे भनाइ थियाे ।
विशिष्ट अतिथि तथा लालझाडी गाउँपालिका वडा न. ३ का अध्यक्ष टिकाराम चाैधरीले सबै धर्म र जाती बराबर रहेकाे बताए । रहेक जातीकाे संस्कृति संरक्षण गर्ने हामी सबैकाे दायित्व रहेकाे जिकिर गरे ।
लालझाडी गाउँपालिका उप-प्रमुख सपना चौधरी रानाकाे प्रमुख अथित्वमा भएकाे कार्यक्रममा , वडा न. ३ का अध्यक्ष टिकाराम चाैधरी , विभिन्न बुद्धिजीवी , समाजसेवी तथा गाउँका भलमन्सा लगायतकाे उपस्थिती रहेकाे थियाे ।कार्यक्रम श्रीशा रानाले संचालन गरेकी थिइन।