३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

उप-प्रमुख कन्दकला रानाले गरिन सामनकाे डाेलाकाे उद्घाटन

खबर सम्बाददाता ८ श्रावण २०७९, आईतवार
उप-प्रमुख कन्दकला रानाले गरिन सामनकाे डाेलाकाे उद्घाटन

कैलालीकाे धनगढी उपमहानगरपलिका वडा नं. ८ धनगढी गाउँमा सामनकाे डाेला (पिङ्ग) काे उद्घाटन कार्यक्रम सम्पन भाएकाे छ। महिला समूहकाे अायाेजनामा एक कार्यक्रमका बीच धनगढी उपमहा नगरपालिकाकी उप-प्रमुख कन्दकला रानाले सामनकाे डाेलाकाे उद्घाटन गरेकी हुन ।

रानाथारू समुदायकाे मिहलाकाे सबै भन्दा ठूलाे पर्व तीज हाे, तीज संगै डाेला खेल्ने चलन छ । यसकै उपलक्ष्यमा उप-प्रमुख कन्दकला रानाले सामनकाे डाेलाकाे उद्घाटन गरेकी छिन। कार्यक्रमकी प्रमुख अतिथि रानाले तीजकाे शुभकामना दिदै रानाथारू सामुदायले मनाउने तिज पर्व अन्य समुदाय भन्दा फरक रहेकाे बताइन ।तीजमा अन्य समुदायमा महिला दिदीबहिनीहरूले अाफ्नाे श्रीमानकाे लामाे अायुकाे कामना गर्छन भने रानाथारू महिलाहरूले तीजमा अाफ्नाे दाजु भाइकाे दिर्घायुका लागि बर्त बस्ने गरेकाे रानाले बताइन ।


महिला समूहकी अध्यक्ष निराशाे रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा धनगढी गाउँका भलमन्सा भज्जी राना, विभिन्न बुद्धिजीवी , समाजसेवी तथा स्थानीय महिला समूहकाे उल्लेखिय उपस्थिती रहेकाे थियाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin