७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

रानाथारू समुदायकाे तीज पर्वकाे प्रदेश स्तरीय सार्वजनिक विदा माग

खबर सम्बाददाता १३ श्रावण २०७९, शुक्रबार
रानाथारू समुदायकाे तीज पर्वकाे प्रदेश स्तरीय सार्वजनिक विदा माग

सुदूपश्चिम प्रदेशकाे कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारुहरु समुदायकाे महिलाकाे सबै भन्दा ठूलाे तीज हाे । यस बारे प्रदेश सरकार अनविज्ञ छ । यस पालिकाे तीज सावन १५ गते परेकाे छ । रानाथारू समुदायकाे तीजकाे बारेमा जानकारी गराउदै सार्वजनिक विदा माग गरिएकाे छ ।

नेपाल रानाथारू समाज केन्द्रिय समितिको पहलमा कैलाली र कञ्चनपुरमा रानाथारु महिलाहरुले मनाउने महान तीज पर्वको सार्वजनिक विदाको लागि सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक ममिला मन्त्री डा. रण बहादुर रावल संग अनुरोध गरेकाे नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले बताए ।

रानाथारू महिलाहरुले यस पर्वमा निरहार बर्त बस्ने गर्दछन ।अन्य समुदायलका महिलाले तीजमा श्रीमानकाे लामाे अायु का लागि बर्त बस्छन भने रानाथारू महिलाले दाजुभाइकाे दिर्घअायुकाे कामना गर्दै बर्त बस्छन । सावन १५ गते आइतबारको दिन परेको पर्वका लागि एक दिन सार्वजनिक विदा उपलब्ध गराउन सुदुरपश्चिम प्रदेशसरकारलाई ध्यान अकर्षण सहित ज्ञापन पत्र बुझाइएकाे छ ।

साथै रानाथारू समुदायकाे हाेरीकाे अन्तिम दिन खख्डेहरा काे सार्वजनिक विदा फागुन ३० गते पर्ने भएकाले सुदूर पश्चिम प्रदेश सरकारले दिएकाे चैत १ गतेकाे विदा सुधार गर्न माग गरिएकाे छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin