७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

रानाथारु महिला तिज तथा सांस्कृतिक कार्यक्रम बेलडाडीमा सम्पन्न

खबर सम्बाददाता १४ श्रावण २०७९, शनिबार
रानाथारु महिला तिज तथा सांस्कृतिक कार्यक्रम बेलडाडीमा  सम्पन्न

कंचनपुरको बेलडाडी गाउँपालिका वडा न. २ चवन्नी स्थित रानाथारु महिला तिज तथा सांस्कृतिक कार्यक्रम बेलडाडी गाउँपालिकाको सहयोग र जनजाति युवा क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी बेलडाडी गाउँपालिका प्रमुख हरिशचन्द राना विशिस्ट अतिथी कंचनपुर जिल्ला समन्वय समितिकि उपाध्यक्ष राम कुमारी राना , बेलडाडी गाउँपालिका उप-प्रमुख शान्ति नाथ ,आदिवासी जनजातिका अध्यक्ष सुरेन्द्र राना ,अतिथी वडा न.१ का वडा अध्यक्ष गज बहादुर बिष्ट , वडा न.२ का वडा अध्यक्ष नारद प्रशाद उर्‍याल , ३ न. वडा अध्यक्ष दुर्गा प्रशाद चौधरी, ५ न. वडा अध्यक्ष इन्द्र बहादुर खड्का, बेलडाडी गाउँपालिका भित्र पर्ने ७ गाउँका भलमन्सा , विभिन्न दलका समाजसेवी बुद्धिजीवी र बेलडाडीबासीको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम र रानाथारु समुदायका राष्ट्रिय कलाकार रामदेव राना, सीता राना, अमर सिंह राना, पार्वती रानाको प्रस्तुति प्रस्तुत गरेका थिए । रानाथारुका कलाकारलाई कलाकारीताबाट आफ्नो सांस्कृतिलाई बचाउदै आएका छन भन्दै सम्मान पत्र प्रदान गरेका थिए ।

रानाथारु समुदायको तिज पर्वको हार्दिक शुभकामना र रानाथारुको सांस्कृति बचाउनु पर्छ भनेर कार्यक्रमका अतिथिहरु मन्तव्य ब्यक्त गरेका थिए ।

रानाथारुको सांस्कृतिक नृत्य प्रस्तुत गर्नेलाई र गाउँका भलमन्सालाई पनि आयोजकले सम्मान गरेको थियो ।

बेलडाडी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउछौ । बेलडाडीमा रानाथारु मात्र नभइ अन्य समुदायको सांस्कृतिलाई झल्किने पालिका बनाउछौ । रानाथारुको तिज पर्वको शुभकामना पनि प्रमुख अतिथि बेलडाडी गाउँपालिका प्रमुख हरिश चन्द रानाले बताएका छन ।

कार्यक्रम संचालन सुलेन्दर राना र रोशनी रानाले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin