७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

बेलौरी वडा न. ५ भकुण्डामा रानाथारु तिज मिलन कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १४ श्रावण २०७९, शनिबार
बेलौरी वडा न. ५ भकुण्डामा  रानाथारु तिज मिलन कार्यक्रम सम्पन्न

कंचनपुरको बेलौरी नगरपालिका वडा न. ५ स्थित भकुण्डा गाउँमा रानाथारु तिज मिलन कार्यक्रम २०७९ श्रावण १४ गते बेलौरी नगरपालिकाको सहयोग र रानाथारु तिज मिलन कार्यसमितिको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी , विशिष्ट अतिथी बेलौरी नगरपालिका वडा न.५ का वडा अध्यक्ष लाल बहादुर चौधरी , वडा न. ८ का वडा अध्यक्ष विश्राम राना , नेकपा माओवादी केन्द्रकि केन्द्रिय सदस्य दिपा चौधरी , वडा न. ५ का वडा सदस्य कृपाराम राना , शंकरु राना ,अतिथी समाजसेवी सागर राना ,रानाथारुका राष्ट्रिय कलाकार गाउँबासी ,समाजसेवी ,बुद्धिजीवी र बिस्ना रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम र रानाथारु समुदायका राष्ट्रिय कलाकार रामदेव राना, सीता राना , सन्तकुमार राना र सरस्वती रानाको प्रस्तुति प्रस्तुत भएको थियो । रानाथारुका कलाकारलाई र सांस्कृतिक नृत्य प्रस्तुत गर्नेलाई आयोजकले सम्मान पनि गरेका थिए ।

बेलौरी नगरपालिकाबाट आफ्नो संस्कृति बचाउनको लागि हामी सहयोग गर्नेछौ । आजबाटै आफ्नो संस्कृति बचाउन हामी एक हुनुपर्छ । बेलौरी नगरपालिकाबाट सबै समुदायलाई संस्कृति बचाउन सहयोग गर्नेछ र रानाथारुको तिज पर्वको शुभकामना छ भनेर प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताएका छन ।

कार्यक्रम हरेक वर्ष यसरी नै हुनेछ भनेर सभापति बिस्ना रानाले बताएकी छिन ।

कार्यक्रम संचालन श्रीशा रानाले गरेकी थिइन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin