२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

रानाथारु तिज विशेष कार्यक्रम रैकवार विचवामा समापन

खबर सम्बाददाता १५ श्रावण २०७९, आईतवार
रानाथारु तिज विशेष कार्यक्रम रैकवार विचवामा समापन

कंचनपुरको कृष्णपुर नगरपालिका वडा न. ८ स्थित रैकवार विचवामा २०७९ श्रावण १५ गते रानाथारु तिज विशेष कार्यक्रम रैकवार विचवाको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिका प्रमुख
विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा न.८ का वडा अध्यक्ष दिनेश खड्का , वडा न. ९ का वडा अध्यक्ष कैलाश बलायर , वडा न.७ का वडा अध्यक्ष घुम्मन राना , अतिथ वडा न. ८ का वडा सदस्य फुलराम चौधरी , अम्बिका चौधरी , ईलाका प्रहरी कार्यालय रैकवार विचवाका इन्चार्ज उदय सिंह खडायत , वडा न. ८ का वडा सचिव मोहन राज जोशि , भलमन्सा , समाजसेवी ,बुद्धिजीवी गाउँबासीहरुले आफ्नो पहिरनमा र रैकवार विचवाका भलमन्सा भजोरा रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

रानाथारु समाजको लागि हामिले के गर्नुपर्छ सहयोग गर्न तयार छौ । रानाथारुको तिज पर्वको शुभकामना पनि वडा अध्यक्षले दिएका थिए ।

रानाथारु महिला आफ्नो भाइ भतिजाको लामो उमेरको लागि कामना गर्दछन । रानाथारुको तिज पर्वको बारेमा पनि बिस्तृत रुपमा विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाकि उप-प्रमुख द्रोपती रानाले बताएकी थिइन ।

हामीले रानाथारु समुदायको सम्मानमा स्थानीय बिदा दिएका छौ । रानाथारुको संस्कृति संरक्षण गर्नको लागि हामिले कृष्णपुर नगरपालिकाबाट बजेट पारित गरिसकेका छौ । वडा अध्यक्षले डोलाको लागि काठ उपलब्ध गराएका थिए र हामिले नगरपालिकाबाट डोरी उपलब्ध गराएका थिए । हामीले नगरपालिकाबाट संस्कृति संरक्षण गर्नको लागि आफ्नो पहिरन घगरिया सिल्ने तालिम पनि गराउने छौ । रानाथारुको तिज पर्वको शुभकामना पनि प्रमुख अतिथि कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले बताएका छन ।

कार्यक्रम संचालन श्रीशा रानाले गरेकी थिइन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin