नेपाल सरकारको मंसिर ४ गते प्रतिनिधि निर्वाचन हुने घोषणा लगतै निर्वाचनमा नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि तुलाराम रानाले कञ्चनपुर क्षेत्र नम्बर १“क” बाट प्रदेश सांसदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आईतबार एक कार्यक्रमका माझ पत्रकारहरुसँग कुराकानी गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधि रानाले नेपाली काँग्रेस पार्टीका तर्फबाट प्रदेश सांसदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
उनले कञ्चनपुर क्षेत्र नम्बर १“क” का सीमा समस्या, दोदा नदिको कटान–पटानको समस्या, सुकुम्बासी समस्या, स्वास्थ्य, शिक्षा, स्वरोजगार सिर्जना, बढ्दो लागुऔषध दुव्र्यसनी नियन्त्रण, पुर्वाधार विकास लगायत कृषकका समस्याका विषयलाई आफ्ना मुल एजेण्डा बनाई उम्मेदवारी दिने घोषणा गरेका छन । लामो समय देखि नेपाली काँग्रेसको राजनितिमा सक्रिय रहि सामाजिक कार्यमा अग्रसर हुँदै आएकाले आफुलाई उम्मेदवारका लागि पार्टीले समेत मुल्यांकन गर्ने बिश्वास रहेको रानाले बताए ।