रानाथारु कलाकार एलिशा रानाको भाइ श्रावण २५ गते २:३० बजेदेखि बेपत्ता भएका छन ।
कंचनपुरको बेलौरी नगरपालिका वडा नं ८ कलकत्ताकि रानाथारु कलाकार एलिशा रानाको १४ वर्षीय भाइ एफ्राइम राना र उसको साथी १४ वर्षीय हरुन राना से ५ प ७७२० नम्बर प्लेटको सुपर स्पिलेन्डर बाइकमा २०७९ श्रावण २५ गते दिउसो २:३० बजेदेखि बेपत्ता भएका छन ।
एफ्राइम घरबाट आफ्नो आमालाई मिलबाट पिठो लिएर आउछु र त्यसपछि बिद्यालय जान्छु भनेर बाइक लिएर करिब २:३० बजे दिउँसो गएको थियो । कहाँ छन भनेर पनि अहिले कुनैपनि जानकारी भने छैन ।
यदि कसैले कहि देख्नु भयो भने हामीलाई ९८०९४५४९२९ र ९८००६७७४०४ मा जानकारी गरिदिनुहोला भनेर रानाथारुकि कलाकार एलिशा रानाले बताएकि छिन ।