७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

बेलडाँडी गाउँपालिकाको बिकासको लागि प्रधानमन्त्री देउवा समक्ष माग

खबर सम्बाददाता २९ श्रावण २०७९, आईतवार
बेलडाँडी गाउँपालिकाको बिकासको लागि प्रधानमन्त्री देउवा समक्ष माग

कञ्चनपुरको बेलडाँडीमा बिकास निर्माणका भौतिक पुर्वाधारको बिकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग पत्र पेश गरिएको छ ।

बेलडाँडी गाउँ पालिकाका अध्यक्ष हरिश्चन्द्र राना , उपाध्यक्ष शान्ति नाथ सम्मीलित टोलिले प्रधानमन्त्री देउवा समक्ष पालिकाको बिकास निर्माणका लागि माग पत्र पेश गरेका छन ।
आइतबार प्रधानमन्त्री देउवा समक्ष दैजी -बेलडाँडी सडक निर्माण , सिमसार बनेका जमिनको पानी निकासको प्रबन्ध , अस्पताल , बाढी नियन्त्रण , सडकको स्तरोन्नति लगायतका विभिन्न माग पेश गरिएको अध्यक्ष हरिश्चन्द्र रानाले जानकारी दिएका छन ।

बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्ट , कार्यपालिका सदस्य तारा गिरि , नेपाली काँग्रेस क्षेत्र नम्बर १ ख का सभापति चेतन राई , क्षेत्रीय सचिव विश्राम राना , प्रदेश खका सचिव दिनेश कुँवर लगायतको प्रतिनिधि टोलिले प्रधानमन्त्री देउवा समक्ष भेट वार्ता भएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin