धनगढी उप–महानगरपालिका वडा नं १० को वडा कार्यलयमा तालाबन्दी गरिएको छ । वडा कार्यलयले ज्यालादारी कर्मचारीलाई बिना कारण निकालेको भन्दै स्थानीय बासीले ताला बन्दी गरेका हुन् ।उक्त वडामा ज्यालादारी कर्मचारीको रुपमा ममता चौधरीलाई कामबाट हटाएर अरु कर्मचारी राखेको भन्दै स्थानिय जनता ३६ जनाको हस्ताक्षर सहित बिरोधसंगै तालाबन्दी गरेका छन् ।

२०७९/३/२७ गतेको नगर सभाको बैठकको निर्णय अनुसार वडा कार्यालय खोल्न बन्द गर्न कठिनाई भएकोमा श्रेणीबिहिन ज्यालादारीमा कार्मचारीलाई हटाई नयाँ राख्ने भनी पत्रचार गर्न भएकोमा बिज्ञापन नहुन्जेलसम्म बिगत वर्षदेखि काम गर्दै आइरहेका कर्मचारीलाई निरन्तरता दिन धनगढी उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले अनुरोध गरे तपनि धनगढी उप-महानगरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले त्यस निर्णयलाई नमानी बिगत ५ वर्षदेखि काम गर्दै आइरहेकि ममता चौधरीलाई काम गर्न निरन्तरता नदिएकोले ,ममता चौधरीलाई काममा निरन्तरता नदिएसम्म धनगढी उप-महानगरपालिका वडा नं १० बन्द रहने भनेर बन्दकर्ताको भनाई छ ।


धनगढी उप–महानरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले नगरसभाको निर्णय बहेक आफुले कुनै थप निर्णय नगरेको प्रतक्रिया दिएका छन् । वडा कार्यलयमा तालाबन्दी भएसंगै वडाको दैनिक कामकाजमा प्रभाबित बनेको छ ।