कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित आज २०७९ भदौ ११ गतेका दिन जनता सङ्ग कांग्रेस अभियान अन्तर्गत कैलाली क्षेत्र नं ५ को “टोल-टोलमा कांग्रेस” अभियानको सुभारम्भ कार्यक्रममा ४० जनाको सहभागितामा नेपाली कांग्रेस धनगढी उप-महानगरपालिका वडा नं १५ वडा कार्य समितीको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकि केन्द्रिय सदस्य जीवन राना ,अतिथी सुदुर पश्चिम प्रदेश कमिटी सदस्य पुष्पा भट्ट ,कैलाली जिल्ला सह सचिव राम समझ राना, कैलाली जिल्ला क्षेत्र नं ५ का क्षेत्रीय सभापति भिम पडाल , क्षेत्र नं ५ “क” का सभापति सिताराम राना ,धनगढी उप-महानगरपालिकाका नगर सभापति यज्ञराज उपाध्याय र धनगढी उप-महानगरपालिका वडा नं १५ वडा कार्यसमितिका सभापति हरीनारायण रानाको अध्यक्षतामा कार्यक्रम भएको छ ।
क्षेत्र र प्रदेश बिकासको लागि नेपाली कांग्रेसलाई बिजय गराउन आवश्यक छ । ५ वर्षमा चुनाव जितेर पनि बिकास गर्न सकेनन त्यसैले बिकासका लागि नेपाली कांग्रेसलाई यस मङ्सिर ४ गतेको चुनावमा बिजय गराउनु तपाईंलाई आवश्यक छ । नेपाली कांग्रेसलाई जिताउने अभियान जनता सङ्ग कांग्रेस ,टोल टोलमा कांग्रेस भन्ने अभियान टोल-टोलमा शुभारम्भ भएको छ । यसलाई सफल बनाउन सबै एकजुट हुनु आवश्यक छ भनेर प्रमुख अतिथी नेपाली कांग्रेसकि केन्द्रिय सदस्य जीवन रानाले बताएकी छिन ।