१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

धनगढी वडा नं १० को वडा कार्यालयमा पुनः तालाबन्दी

खबर सम्बाददाता १४ भाद्र २०७९, मंगलवार
धनगढी वडा नं १० को वडा कार्यालयमा पुनः तालाबन्दी

आज मिति २०७९ भदौ १४ गतेका दिन धनगढी उप-महानगरपालिका वडा नं १० मा पुनः स्थानीय बासिले तालाबन्दी गरेका छन ।

२०७९ भदौ १० गतेका दिन भएको तालाबन्दी भदौ १३ गते कुनै पनि सल्लाह नगरी ताला तोडिएको भनेर आज वडा कार्यालयमा वडाबासी आक्रोशित भएका थिए । वडा अध्यक्ष शिव कुमार रानाले छलफलका लागि बोलाएको तर आन्दोलनकर्ता नआएकोले ताला खोलेका थिए । यता आन्दोलनकर्ताले हामीलाई छलफल गर्न कुनै पनि खबर नभएको भनेर आन्दोलनकर्ता राम कुमार रानाको भनाई छ ।

कार्यालय सहयोगीमा ५ वर्षदेखि काम गर्दै आएकी ममता चौधरीलाई बिना कारण निकालिएकोले वडा कार्यालयमा तालाबन्दी गरेका छन । यदि ममता चौधरीलाई पुनः काममा निरन्तरता नदिएमा तालाबन्दी जारी रहने भनेर भनाई छ ।

आन्दोलनकर्ताले आवश्यक कारबाहीका लागि सक्कली पत्र जिल्ला प्रहरी कार्यालय कैलालीबाट पठाईएको थियो ।

नगरपालिकाबाट निरन्तरता दिने भनेर चिठी आएपछी नगरपालिकालाई मैले नयाँ कार्यालय सहयोगी राखिसके र तपाईंले नगरपालिकामा काम गर्नु होला भनेर मैले पत्र पठाएको थिए । नगर सभाको बैठकको पालना गर्ने भनेर धनगढी वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin