९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

पत्रकार चौधरी द्वारा लिखित ‘निसाफ’ लेख संग्रह विमोचन

खबर सम्बाददाता १५ भाद्र २०७९, बुधबार
पत्रकार चौधरी द्वारा लिखित ‘निसाफ’ लेख संग्रह विमोचन

पत्रकार उन्नती चौधरीद्वारा लिखित ‘निसाफ’ लेख संग्रह विमोचन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम विश्व विद्यालयका पूर्व राजिष्टार एवं शिक्षाविद् डा. हेमराज पन्तले संग्रह बिमोचन गरेका हुन् । निसाफ लेख संग्रहमा लेखिकाले आफ्नो जीवन संघर्षलाई प्रस्तुत गरेकी छन् । उनले लैङ्गिक हिंसा, महिला हिंसा लगायत थारु समाजको संस्कृति, रीतिरिवाज, चाडपर्व, पारिवारिक जीवन, कमैया प्रथा, युगौदेखि हुँदै आएको शोषण र राजनीति लगायत अन्य सामाजिक र आर्थिक पक्षलाई प्रस्तुत गरेकी छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेको डा. पन्तले निसाफलाई एउटा प्राज्ञिक महत्व बोकेको लेख संग्रह रहेको बताए । साथै उनले थारु समुदायको समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययन गर्न चाहने विद्यार्थी तथा पाठकलाई महत्वपूर्ण सन्दर्भ सामग्री हुने बताए ।
नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरि मुडभरीले निसाफले थारु लोक कला तथा ज्ञानको हस्तान्तरणमा सहयोग पु¥याउने बताएका थिए ।
कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दले निसाफले समाजमा पथ प्रदर्शकको भूमिका खेल्ने बताएका थिए ।

विमोचन कार्यक्रमका वक्ताहरुले निसाफ लेख संग्रहलाई समाजको पथ प्रदर्शकको रुपमा व्याख्या गरेका थिए । केर्नी मिडिया प्रालिद्वारा प्रकाशित ‘निसाफ’ लेख संग्रहको मुल्य रु.५०० रहेको छ । तर भदौ महिनाभरि कितावको मुल्यमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin