९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

मन्त्री सहित समाजवादीका एक दर्जन नेता एमालेमा प्रवेश

खबर सम्बाददाता १५ भाद्र २०७९, बुधबार
मन्त्री सहित समाजवादीका एक दर्जन नेता एमालेमा प्रवेश

सुदूर पश्चिम प्रदेशका मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका केही नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

एमाले प्रवेश गर्नेहरुमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू रहेका छन् ।

यसैबीच एमाले प्रवेश गर्ने तयारी गरेपछि एकीकृत समाजवादीले राज्य मन्त्री चौधरीलाई बर्खास्त गरेको थियो।

प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin