नेपाली कांग्रेस कंचनपुर निर्वाचन क्षेत्र नं १ ‘क’ ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनकोलागि प्रत्यक्ष तर्फ १० जना र समानुपातिक तर्फ ७ जनाको उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस कंचनपुर जिल्ला क्षेत्र-१ “क” का उप-सभापति जगदीश रानाको पनि कंचनपुर क्षेत्र-१ “क” को प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ नाम सिफारिस गरेका छन । कंचनपुरको क्षेत्र नं१ “क” प्रदेशमा लालझाडी गाउँपालिकाबाट प्रत्यक्षमा जगदीश रानाको मात्र नाम सिफारिस भएको छ ।

हाम्रो क्षेत्रमा युवा क्लबलाई आवश्यक खेलकुदको सामाग्री वितरण गरेका छौ । तपाईंको लागि हामीले के गर्नुपर्छ तपाई हामीलाई बताउनुस हामी जनताका सेवक हौ हामीले तपाईंको समुदायको बिकासको काम गर्नेछौ । युवा, बुद्धिजीवी सङ्ग बसेर हामीले आफ्नो क्षेत्रमा कस्तो किसिमको बिकास गर्नुपर्ने भनेर छलफल गरी भ्रष्टाचार नगरी विशुद्ध रुपमा बिकास निर्माणको काम गर्छौ । नेपाली कांग्रेस कंचनपुर क्षेत्र-१ “क” प्रदेशमा यदि मलाई नेपाली कांग्रेस पार्टीबाट टिकट दिन्छ भने कुनै पनि भ्रष्टाचार नगरी घुस नलिइ सबैसङ्ग छलफल गरेर बिकास गर्नेछौ भन्ने मेरो प्रतिबद्धता रहेको छ भनेर नेपाली कांग्रेस कंचनपुर क्षेत्र-१ “क” का उप-सभापति जगदीश रानाले बताएका छन ।