२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नारदमुनी राना कैलाली – ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस

खबर सम्बाददाता १९ भाद्र २०७९, आईतवार
नारदमुनी राना कैलाली – ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस

एमालेको कैलाली-५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि एकल सिफारिस गरेको छ।

उक्त बैठक सुरु हुँदा सुरुवाती मन्तव्य पार्टीकी पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिम सह-इन्चार्ज लिला भण्डारीले राख्नुभएको थियो। उहाँले यो क्षेत्रबाट सर्वसम्मत एकल नाम पठाएर सन्देश दिनुपर्ने र पार्टीको उम्मेदवारलाई जिताउन सबै एकजुट हुनुपर्ने बताउनु भएको छ। नेतृ भण्डारीले नै नेता रानालाई उक्त क्षेत्रको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभएको थियो।

नेतृ भण्डारीको प्रस्तावलाई हलले ताली बजाएर स्वागत गर्दै पारित गरेको थियो। उक्त अवसरमा प्रस्तावित उम्मेदवार रानाले आफ्नो नामलाई सर्वसम्मत रुपमा चुनिएकोमा सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले हामी सबैले अप्राकृतिक गठबन्धन विरुद्ध सशक्त भएर जुध्नुपर्ने भएकाले आफूलाई सबैको सहयोग र हातेमालो आवस्यक रहेको बताउनुभयो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin