कञ्चनपुरकाे क्षेत्र नं. २ को ‘ख’ मा प्रदेशसभा सदस्यका लागि संविधानसभा सदस्य, एमाले केन्द्रिय सदस्य, कञ्चनपुर सह–ईन्चार्ज, नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष तथा पुर्व शिक्षक कृपाराम रानाको एकल नाम सिफरिस भएको छ ।
क्षेत्र नं. २ को ‘क’ मा भने सहमति हुन सकेन, ११ जना आकान्छी देखिएपछि सोमबार बिहान बसेर टुङ्गयाउने गरि स्थगित गरिएको एमालेले जनाएको छ ।
यस्तै प्रतिनिधिसभातर्फ एक महिला र दुई पुरुष सिफारिस गनुपर्ने पार्टिको निति अनुरुप एमाले केन्द्रिय सदस्य र कञ्चनपुर सह–ईन्चाज नर बहादुर धामी, प्रदेश कमिटि सदस्य बचन बहादुर सिंह र जिल्ला कमिटि सदस्य दिलसरा खत्रीलाई सिफारिस गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटिले जानकारी गराएकाे छ ।