२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

हरेक प्रयास गर्दा पनि डोटीमा राजधानी सार्न असफल भए : आले

खबर सम्बाददाता २० भाद्र २०७९, सोमबार
हरेक प्रयास गर्दा पनि डोटीमा राजधानी सार्न असफल भए : आले

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले डोटी दिपायल राख्नका लागी आफूले गरेका हरेक प्रयासमा आफू असफल भएको बताएका छन् ।

डोटीको दिपायलमा हुने भनिएको राजधानी धनगढीमा सार्न लागेपछि दुई तिहाइ बहुमत नपुगेका कारण मुख्यमन्त्री  त्रिलोचन भट्ट र आफू हर प्रयास गर्दा असफल भएको आलेले दाबी गरे ।सोमबार गृह जिल्ला पुगेका आलेले डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यास गर्दै दिपालय राजधानी बनाउनका लागी कुनै कसुर बाँकी नराखेको बताए ।

‘मैले दिपायलमा राजधानी राख्न नसके सांसद पदनै त्याग्ने घोषणा गरेको थिए तर राजीनामा भने गरेन,’उनले भने, ‘त्यो बेला हाम्रो पार्टीको अध्यक्ष कमरेड केपी ओली हुनुहुन्थ्यो, र पार्टीको बहुमत पनि थियो त्यही बेला मैले उहाँलाई भेटेर प्रदेशको सेन्टर पोइन्ट दिपायल हो त्यहाँ राजधानी राख्नुपर्छ भनेको थिए उहाँले मलाई हामी सरकारमा गए त्यही गर्छौ भन्नुभएको थियो, उहाँले मात्रै नभएर माधव कुमार नेपाल, प्रचण्ड जीलाई समेत दिपायल राजधानीका लागी भनेको थिए तर दुर्भाग्यवश बहुमतकै सरकारका बेला गोदावरी राजधानी तोकियो ।’

 तत्कालीन नेकपाभित्रबाट निर्वाचित भएका कैलाली–कञ्चनपुरका सांसदहरूले पहाडमा राजधानी ल्याउनका लागि सहमति नदिएपछि राजधानी गोदावरीमा बनाउने निर्णय भएको उनको जिकिर छ । यसलाई उनले डोटी र डोटेलीको लागि दुर्भाग्य भएको बताए । गोदावरीमा वन जङ्गलका कारण राजधानीका संरचना निर्माणमा बाधा पुगेको उनको ठहर छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin