७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

भ्रमक समाचार फैलाएको स्वास्थ्य शाखाको भनाइ

खबर सम्बाददाता २० भाद्र २०७९, सोमबार
भ्रमक समाचार फैलाएको स्वास्थ्य शाखाको भनाइ

धनगढी महा-नगरपालिका वडा नं. १० मा भदौ १८ र १९ गते २ दिने निःशुल्क वृद्ध चेकजाँच कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्यक्रममा स्वास्थ्य शाखाका ३ जना स्वास्थ्यकर्मी गीता डाँगी, गजेन्द्र सिंह र महेन्द् बिष्ट खटिएका थिए  । वृद्ध चेकजाँच कार्यक्रम पुर्व वडाअध्यक्ष राजेन्द्र रानाले आफ्नो पहलमा ल्याएको भ्रमक समाचार फैलाएका भनेर स्वास्थ्य शाखाका ३ जना स्वास्थ्यकर्मी बताएका थिए । उनको भनाई अनुसार यो स्वास्थ्य चेकाजाँच कार्यक्रम कुनै व्यक्ति विशेष अथवा वडाको पहलमा नभई नेपाल सरकार माताहात अन्तर्गत कार्यक्रम रहेको छ । पछिल्लो साता यता वार्ड नं. १० को कार्यालय बन्द रहेको र आफुसँग वर्तमान वडाअध्यक्षको सम्पर्क नम्बर नरहेको हुनाले स्वास्थ्य चेकजाँच कार्यक्रम संचालन गर्नुपर्ने जानकारी पुर्ववडाअध्यक्ष मार्फत सम्पुर्ण  वडाबासीलाई जानकारी गराईदिन अनुरोध गरेको मात्रै हो भनेर स्वास्थ्यकर्मी राजेन्द्र सिंहले बताएका छन  ।

यता राजेन्द्र रानाले गत वर्ष पनि म सङ्ग समन्वय गरेर स्वास्थ्य कार्यक्रम संचालन भएको थियो । यस पटक पनि म सङ्ग समन्वय गरेर वडाबासीलाई मैले चेकजाँचको लागि जानकारी गराएको भनेर स्पस्टिकरण दिएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin