नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली बुधबारभित्र सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन् । उनले सिट बाँडफाँडमा समस्या नहुने बताएका हुन् । गठबन्धनमा मागे अनुसार सिट भाग नपरेपनि सबैको अस्तित्व स्वूकार हुनेगरी सिट बाँडफाँड हुने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले धनगढी बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै, नेपाली काग्रेंसले १००, माओवादीले ६०, एकिकृत समाजवादीले २५ सिट दावी गरेको उनले बताए । दावी अनुसार काग्रेंस ८० सिटसम्म झर्ने र माओवादी ६० सिट हाराहारी पाउने उनको दाबी थियो ।