धनगढी उप-महानगरपालिका वडा नं १० को वडा कार्यालयमा तालाबन्दी खुलेको छ ।
यहि भदौ १० गते भएको तालाबन्दी आज भदौ २२ गते वडा कार्यालयमा तालाबन्दी खुलेको छ । वडा कार्यालयमा बिना कारण कर्मचारी हटाइएको भन्दै वडाबासिले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यालयमा कार्यरत दुबै कर्मचारीलाई निकाली नगरपालिकाबाट भएको निर्णय नगरपालिकाबाट पठाइएको कर्मचारीलाई वडा नं १० को कार्यालयमा पठाई दुबै पक्षको सहमतिमा तालाबन्दी खुलेको छ ।
धनगढी उप-महानगरपालिकाले बिज्ञापन गरेर खुला प्रतिस्पर्धाबाट आएको ब्यक्तिलाई हामी स्वीकार गर्नेछौ । बिज्ञापन नहुन्जेलसम्म नगरपालिकाबाट पठाइएको कर्मचारी वडा नं १० मा कार्यालय सहयोगीको रुपमा काम गर्ने भनेर धनगढी वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले बताएका छन ।