श्रीशा राना/धनगढी, भदाैे २७
सयुक्त राना जन चेतना परिबारकाे आयोजनामा धनगढी उपमहानगरपालिका वडा न १० मा जुगेडा कप २०२२ भलिबल प्रतियोगिता जारी छ । प्रतियोगिताको पहिलो दिन आज ७ खेल हुने पालो थियो ।
आज भएको उर्मा गाउँ र मनेहरा गाउँ बीच भएको खेलमा उर्मा गाउँले जीत निकलेको छ । उर्मा गाउँले (२५-२४, २५-२० ) सेट्मा जित निकलेको हो ।
दोस्रो खेल जुगेडा A र वडा न. १२ बीच भएको खेलमा जुगेडा विजय भएको छ । जुगेडा ले ( २७-२५,२५-२०) को सेट्मा विजय भएको हो ।
तेस्रो खेलमा निकै प्रतिस्पर्धात्मक खेल भएको थियोे । कालिका स्पोर्ट्स क्लब र आयोजक बीच सम्पन्न खेलमा कालिकाले जित हात पारेको छ । कालिकाले ( २५-२३,२४-२६,२५-१६) को सेटमा जित निकालेको हो ।
चौथो खेलमा धनगढी गाउँले जुगेडा अगली पट्टी बि लाई पाखा लगाएको छ । धनगढीले (२५-०९, २५-०९ ) को सेटमा जित निकालेको छ ।
पाचौं खेल घुइयाघाट र अतरिया बीच हुने भनिएको खेलमा वक अफर सङै घुइयाघाट आगाडी बढेको छ ।
सयुक्त राना जन चेतना परिवार का अध्यक्ष रबि रानाले आज हुने भनिएका ७ खेलमा ५ खेल भएको र प्राविधिक कारणले दुइटा खेल २८ गतेका लागि सारिएको बताए । रानाले खेल र खिलाडी को उत्साह देखेर आयोजक खुशी रहेको बताउदै जुगेडा कपले खिलाडी उत्पादनमा सहयोग गर्ने बिश्वास रहेको पनि बताए ।
