हसुलिया, २८ भदौ ।
भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलालीको कैलारी गाउँपालिकाद्वारा जग्गा नापजोख प्रक्रियाको शुभारम्भ गरेको छ । कैलारी गाउँपालिका र राष्ट्रिय भुमि आयोग विच भएको सम्झौता अनुसार भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन जग्गाको प्रमाणपत्र दिनको लागि वडा–६ भगतपुरबाट नापजोखको शुभारम्भ भएको हो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँले रिबन काटेर जग्गा नापजोख प्रक्रियाको शुभारम्भ गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै उहाँले नाँपजोख गर्दा विवाद पनि आउन सक्ने भएकोले त्यसमा सहजीकरण गर्न गाउँका भल्मन्साहरुको ठुलो भुमिका रहेको बताउनु भयो । उहाँले भने,‘साँध सीमानामा बढी विवाद आउन सक्छ । यहाँका जनप्रतिनिधि,भल्मन्सा, नागरिक समाज, बुद्धिजीवी आफनै कार्यक्रम सम्झेर समस्या समाधान गरी नाँपजोख कार्यक्रमलाई अगाडी बढाउनु पर्छ ।
’ गाउँपालिका अध्यक्ष राजसमझले यसैगरी वडा नम्बर ७, ५, ९ गरी सवै वडामा नापजोखको काम अगाडी बढाउदै लालपुर्जा पनि वितरण गर्ने बताउनु भयो । राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष यज्ञराज उपाध्याय गाउँपालिका र आयोग विच भएको सम्झौता अनुसार दोस्रो चरणमा प्रवेस गर्दै आजबाट नाँपजोखको शुभारम्भ गरेको बताए । बर्षौदेखि भुमिको समस्या थियो, आज कार्यको उदघाटन भएको छ यसले आव समस्याको समाधानतिर जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आफुले जोतेको खेत आफुले बनाएको घरटहरा हाम्रे नाममा थिएन,’ आयोगका अध्यक्षले भने, ‘आव सरकारीबाट व्यक्तिगत बनाउने हामी प्रयासमा छौं । गाउँपालिकाको पहलमा आज यो अवस्थामा आएको हो ।’ कैलालीको १३ पालिका मध्ये पहिलो चरणमा पाँच वटा पालिकासँग सम्झौता भएको र यो कार्य गत वर्षको चैत्रबाट यो पालिकामा प्राविधिक खटाएर काम भइरहेको पनि आयोगका अध्यक्ष उपाध्यक्षले बताए । उहाँले भने, ‘सीमित प्राविधिकका कारण यो पालिकामा काम गर्न सकिएको थिएन । क्रमश पोइन्ट राखेपछि नाँपजोख सुरु भएको हो । सबै जनाले यो आफनो कार्यक्रम सम्भेर सहयोग गर्नुपर्छ ।’ जसको जमिन हो । जसले जोतपोत गरेको हो त्यसैको नाममा राष्ट्रिय भुमि आयोगको नाप्ने कार्यविधि छ । त्यसैलाई सहयोग गर्नुपर्ने उहाँले बताए ।
नाँपजोख गर्नेबेला भुमिहिन दलित, सुकुम्बासी लाई पहिलो प्राथमिकता राखेर काम भइरहको र त्यसपछि अव्यवस्थित बसोवासीलाई राखेको उहाँले बताए । भुमिहिन दलित, सुकुम्वासीलाई एकचोटी राज्यले बर्तमान संविधान र त्यसले दिएको भुमि माथिको अधिकार कार्यान्वयन गर्नको लागि राज्यले जग्गा उपलब्ध गराउने भन्ने नीति रहेको आयोगका अध्यक्षले बताए ।
कैलारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । भने संचालन गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेलले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका विभिन्ना शाखाका प्रमुख, आयोगका विज्ञ सदस्य केशवराज जोशी, घनश्याम कुश्मी, पार्वती आग्री, गाउँका भल्मन्सा लगायत गाउँबासीहरुको उपस्थिति थियो ।