श्रीशा राना, धनगढी, १ असाेज
धनगढी उपमहानगरपािलका वडा नंं १० मा जारी जुगेडा कप २०७९ भलिबल प्रतियोगताको फाइनल पानी परे पनि असाेज १ गते नै हुने भएको छ । आयोजक संयुक्त राना जन चेतना परिबारले खेललाई निधारित दिनमा नै सम्पन्न गर्ने बताएको छ । पानीको कारण बिहिबार खेल स्थगित भएका थिए । तर शुक्रबार मौसमले साथ नदिए पनि पानीमै ४ खेल भएका छन ।

शुक्रबार भएको खेलमा धनगढी बि, जुगेडा, लखिमपुर अगाडी बढेका थिए । प्रतियोगिताका संयोजक भगिरथ रानाले अाज असाेज १ गतेका दिन नै बचेका टिमको क्वाटर फाइनल, सेमि फाइनल र फाइनल खेल खेलेर समापन गर्ने जानकारी गराएका छन ।

भलिबल खेलकुद प्रतियोगिताको विजेताले ५१५५५ र उप विजेताले २४५५५ नगद सहित गोल्डमेडल र प्रमाण पत्र प्राप्त पाउने छन ।