७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

धनगढी उपमहानगरपालिकाले गर्‍यो सुर्ती र प्लास्टिक बिक्री, वितरणमा रोक

खबर सम्बाददाता १ आश्विन २०७९, शनिबार
धनगढी उपमहानगरपालिकाले गर्‍यो  सुर्ती र प्लास्टिक बिक्री, वितरणमा रोक

कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढी बजारसहित नगर क्षेत्रमा सुर्ती र प्लास्टिक बिक्री, वितरणमा रोक लगाएको छ।

चालु आर्थिक वर्षलाई ‘सरसफाइ वर्ष’ का रूपमा मनाउन लागेको धनगढी उपमहानगरले आजदेखि सुर्तीजन्य वस्तु र प्लास्टिक निषेध गरेको हो।

बजारमा उपभोग भएका सुर्ती, खैनी, जर्दा पान, पानपराग, गुट्खा, प्लास्टिकका वस्तु गिलास, कप, प्लेट, झोला नगर क्षेत्रको समस्याका रूपमा देखिएकाले यस्ता वस्तुलाई विस्थापित गर्न निषेध गरिएको धनगढी उपमहानगरपालिकाले  निकालेको सूचनामा उल्लेख छ ।

धनगढी उपमहानगरले सार्वजनिक क्षेत्र, सडक, खोलानाला, नालीमा फाेहर नफाल्न पनि नगरवासीलाई आग्रह गरेको छ । यस्तै सडकपेटीमा निर्माण सामग्री, ठेला, पसल नराख्न र जथाभाबी पशुचौपाया नबाँध्न पनि आग्रह गरिएको छ ।

खोलानालामा फाेहर मैला फ्याँक्नेलाई पहिलो पटक एक हजार, दोस्रो पटक तीन  हजार र तेस्रो पटक पाँच हजार रुपैयाँ जरिबाना गरिने धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin