७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

बाढीले कैलालीका हजार बढी घर डुबानमा

खबर सम्बाददाता १ आश्विन २०७९, शनिबार
बाढीले कैलालीका हजार बढी घर डुबानमा

अविरल बर्षाका कारण आएको बाढीले कैलालीका करिब १ हजार बढी घर डुबानमा परेका छन् । कैलालीको भजनी नगरपालिका, जोशीपुर र कैलारी गाउँपालिकाका करिब हजार बढी घर डुबानमा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा ती घरहरू डुबानमा परेको बताए । नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको सूचना अधिकारी जोशीले बताए ।
उनले अहिलेसम्म मानवीय क्षति भने नभएको बताए । बाढीले भजनी नगरपालिकाको वडा नम्बर १, ३, ५, ७ र ८ नम्बरका करिब ७ सय ६० घर डुबानमा परेका छन् ।


यता कैलारी गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविर सहित वडा नम्बर ७ को बर्का बसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए । कटैनी नदिमा आएको बाढीले डुबान भएको उनले बताए । अध्यक्ष चौधरीले जनप्रतिनीधी, सशस्त्र प्रहरी, स्थानीय लगाय उद्धार गरिरहेको बताए ।

वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले कटैनी नदिमा आएको बाढीले बर्का बसन्ता, छटकपुर बसन्ता, रामपुर, भुँइयाँफाँटा, शिविरमा पसेर क्षति पुर्‍याएको बताए ।


पोखरीमा नदीको पानी पस्दा लाखौको क्षति भजनी नगरपालिकाको वडानम्बर ७ पहलवान गाउँमा रहेको गणेश शान्ति मत्स्य पालन केन्द्रमा कान्द्रा नदीको पानी पस्दा बेच्नका लागि तयारी अवस्थामा रहेको माछा नदीमा बगेका छन् ।
दुई बिघा क्षेत्रफलमा ७ ओटा पोखरीका करिब २० लाख जतिका माछा बगेर गएको संचालक विनोद श्रेष्ठले बताए । उनले राती अचानक नदी बढेर आउदा केही पनि गर्न नसकिएको बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin